Monday, December 21, 2015

दुई रेडियो र एक दैनिक पत्रिकाबाट आचारसंहिता उल्लङ्घन

काठमाडौँ, ६ पुस । प्रेस काउन्सिल नेपालले ‘रेडियो मिथिलाञ्चल’ १०५ मेगाहर्ज, ‘रेडियो तराई’ १०७ मेगाहर्ज र ‘जनकपुर टुडे’ दैनिकका विभिन्न मितिमा प्रकाशित तथा प्रसारित समाचारले पत्रकारिता आचारसंहिता उल्लङ्घन गरेको ठहर गरेको छ ।

काउन्सिलको आज बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको प्रतिकूल हुने गरी समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै ती सञ्चारमाध्यमलाई सात दिनभित्र लिखित कारणसहित पेस हुन निर्देशन दिएको आज जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts