Tuesday, December 1, 2015

आज हुने वार्तामा मधेसी मोर्चाका शीर्ष नेता सहभागी हुँदैनन्ः अध्यक्ष यादव

सप्तरी, १६ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज हुने वार्तामा मोर्चाका शीर्ष नेताहरु सहभागी नहुने बताउनु भएको छ।
मधेशी पत्रकार संघ सप्तरीको आयोजनामा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले वार्तामा मोर्चाका जुन तहका नेता गएपनि मोर्चा नै जाने भएले सरकारले माग पूरा गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनु भएको छ । उहाँले संयुक्त लोकतान्त्रिक मेधशी मोर्चा आफ्नो मागप्रति अधिकतम लचकता अपनाएको दावीसमेत गर्नुभयो ।
लचकताको सवालमा ११ बुँदे मागलाई कुनामा राखेर विगतमा भएको ८ बुँदे सम्झौतालाई नै कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले विगतमा भएको सम्झौता पनि अधिकतम लचकतामै भएको स्मरण गराउनुभयो ।
एक अर्को प्रङ्गमा उहाँले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसँग वार्ताका क्रममा प्रस्तुत गरेको ११ बुँदे प्रस्तावबारे सत्तापक्ष र प्रतिपक्षीले कुनै जानकारी नभएको भन्नु हाँस्यास्पद भएको बताउनुभयो ।
अध्यक्ष यादवले सरकारसँगको तेश्रो वार्तामै ११ बुँदे प्रस्ताव पेश गरेपनि पछिल्लो वार्तामा सत्ता पक्ष र प्रतिपक्षी नेताहरुले यसबारेमा जानकारी नभएको भन्नुले उनीहरुको स्मरण एकदमै कमजोर भइसकेको टिप्पणी गर्नुभयो ।
११ बुँदे प्रस्तावको सबैभन्दा महत्वपूर्ण बुँदा सिमांकन रहेको यादवले बताउनुभयो । समावेशिता, जनसंख्याको आधारमा प्रतिनिधित्व, नागरिकता र भाषा अहिलेको प्रमुख एजेण्डा भएको उहाँले उल्लेख गर्नुभयो । नागरिकताको सवालमा बोल्दै उहाँले विदेशी नागरिकलाई नागरिकता दिलाउने पक्षमा मोर्चा नरहेको स्पष्ट पार्नुभयो ।
सरकारले वार्ताको नाममा नाटक गरिरहेको बताउँदै उनले यो नाटक मंचन बन्द गरी समस्या समाधानतर्फ आउन सुझाव दिए ।
यसअघि अध्यक्ष यादवले प्रहरी दमनको बिरुद्व आन्दोलनमा उत्रेका सप्तरीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग भेट गर्नुभएको थियो । विगत १० दिनदेखि आन्दोलनरत स्वास्थ्यकर्मीहरुसँग भेट गर्दै यादवले आन्दोलनप्रति ऐक्यबद्वता समेत जनाउनुभयो ।
अस्पतालभित्रै पसेर कुटपिट गरिएको कार्यप्रति घोर भत्र्सना गर्दै यादवले यो अपराध नभएर महाअपराध भएको उल्लेख गर्नुभयो । युद्ध भएका् ठाउँमा पनि चिकित्सकलाई केहि नगरिने तर, अनैतिकताको राज्य नेपालमा अस्पतालभित्रै पसेर चिकित्सकलाई कुटपिट गरिने कार्य भएको जिकिर गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts