काठमाडौँ, ७ पुस । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले प्रथम चौमासिक अवधिमा मन्त्रालय र अन्तर्गतका निकायको प्रगति सन्तोषजनक देखिएको जनाएको छ ।
मन्त्रालयमा आज बसेको चौमासिक समीक्षा बैठकमा मन्त्री विश्वेन्द्र पासवनले प्रथम चौमासिक अवधिमा सम्पादन भएका कार्यप्रगतिमा सन्तोष व्यक्त गर्दै दोस्रो चौमासिक अवधिमा पनि उच्च मनोवलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले ८० प्रतिशतभन्दा कम प्रगति गर्ने निकायले प्रगति कम हुनुका कारण उल्लेख गरी तत्काल मन्त्रालयमा पेस गर्न र दोस्रो चौमासिकमा पूरा गर्ने कार्य तीव्ररुपमा गर्न मातहतका निर्देशन दिनुभयो ।
उहाँले वातावरण संरक्षण एवम् काठमाडौँ उपत्यकामा प्लास्टिक झोला प्रयोग गर्न निरुत्साहित गर्ने खालका सन्देशमूलक सामग्रीको प्रचारप्रसार गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
बैठकमा अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालयका प्रतिनिधिको समेत उपस्थिति थियो । रासस
Tuesday, December 22, 2015
लक्ष्यअनुसार प्रगति
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment