Wednesday, December 23, 2015

जनताका काम छिटोछरितो गर्न मन्त्री सुब्बाको निर्देशन

दमक, ८ पुस । भूमि सुधारमन्त्री रामकुमार सुब्बाले जनताका काममा ढिलासुस्ती नगर्न कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

आज झापाको दमकस्थित मालपोत र नापी कार्यालयको अवलोकन तथा निरीक्षण गर्दै मन्त्री सुब्बाले मालपोत र नापी कार्यालयले सेवाग्राही जनताको असन्तुष्टिलाई समाधान गर्दै काममा नौलोपनको आभास दिनुपर्ने बताउनुभयो ।

मन्त्री सुब्बाले भन्नुभयो, “मालपोत र नापी क्षेत्र सधँै विवादित हँुदै आएको पाइएको छ । यस्तो कार्यमा सुधार गर्नु जरुरी छ । निष्पक्ष र पारदर्शी तवरबाट काम गर्नुस् ।”

सो अवसरमा मालपोत कार्यालय दमकका प्रमुख बच्चुराम कार्कीले कार्य सम्पादनमा देखिएका असहजताबारे मन्त्री सुब्बालाई जानकारी गराउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts