हेटौँडा, १५ मङ्सिर । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले हेटौँडा औद्योगिक क्षेत्रका विभिन्न उद्योग र हेटौँडा सिमेन्ट कारखानाको आज अपराह्न स्थलगत अवलोकन गर्नुभयो ।
सो अवसरमा भारतले गरेको अघोषित नाकाबन्दीबाट उद्योगमा कच्चा पदार्थ आयात गर्न परेको समस्या र इन्धनको समस्याका बारेमा हेटौँडा औद्योगिक क्षेत्रका प्रबन्धक दिलिपकुमार श्रेष्ठ, उद्योग सङ्घ हेटौँडाका अध्यक्ष ऋषिराम घिमिरे तथा हेटौँडा सिमेन्ट कारखानाका अध्यक्ष श्रीधर पोखरेलले मन्त्री पाण्डेलाई जानकारी गराउनुभएको थियो ।
सो औद्योगिक क्षेत्रमा सञ्चालित ८० वटा उद्योगमध्ये नाकाबन्दीपछि इन्धन र कच्चापदार्थको अभावमा ६० वटा उद्योग बन्द भइसकेका हेटौँडा औद्योगिक क्षेत्रले जनाएको छ । रासस
No comments:
Post a Comment