बनेपा, २७ मङ्सिर । नेकपा (एमाले) काभ्रेपलाञ्चोकभित्र अध्यक्ष ओली पक्ष र नेता माधव कुमार नेपाल पक्षको जिल्ला नेतृत्वका लागि अधिवेसनमा प्रतिस्पर्धा हुने देखिएको छ ।
त्यसका लागि दु्वै पक्षका भिन्दाभिन्दै गुटगत भेला भएका छन् र दुवैले नेतृत्वका लागि प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिने तयारी गरेका छन् ।
ओली पक्षको नेतृत्व भीम न्यौपाने र नेपाल पक्षको नेतृत्व टोकबहादुर वाइवाले गर्ने निश्चित भएको नेकपा (एमाले) काभ्रेपलाञ्चोकका जिल्ला नेता हरिशरण दाहालले जानकारी दिनुभयो ।
उहाँले सोमबार मात्रै मनोनयन दर्ता हुने जानकारी दिँदै आज बन्द सत्रको कार्यक्रम सम्पन्न हुने बताउनुभयो ।
ओली समूहको पकड भएको जिल्लामा त्यसको नेतृत्व सभासद् केशव बडालले र नेपाल पक्षको नेतृत्व अनुशासन आयोगका सदस्य शिवबहादुर देउजाले गर्नुभएको छ ।
अधिवेशनमा आठ हजार ८८८ जना सङ्गठित सदस्यबाट एक हजार १०० प्रतिनिधिको सहभागिता रहेको छ । निर्वाचनले ६३ जनाको कार्य समिति चयन गर्ने जनाइएको छ । रासस
No comments:
Post a Comment