Monday, January 4, 2016

‘मिडिया डाइरेक्टरी’ को ‘मोबाइल एप्स्’ सार्वजनिक

काठमाडौँ, २० पुस । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सूचना विभागले तयार गरेको ‘मिडिया डाइरेक्टरी’ को ‘मोबाइल एप्स्’ आज यहाँ सार्वजनिक गर्नुभयो ।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राईले सो एप्लिकेसन्स् सार्वजनिक गर्दै सरकार जवाफदेही र जनताप्रति उत्तरदायी पत्रकारिताको विकासका लागि क्रियाशील रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नयाँ संविधानको भावनाबमोजिम सूचनामा जनताको पहुँच र सूचनामा जनताको हक कार्यान्वयनका लागि काम गरिरहेका छौँ ।’’

मन्त्री राईले सरकारले इन्टरनेट सुशासनको कार्यान्वयन गर्न चाहे पनि विद्युतभार कटौती लगायतको समस्याका कारण सेवा प्रवाहमा सोचेजस्तो काम हुन नसकेपनि नयाँ एप्स्ले सेवाग्राही र सेवा प्रवाहकर्ता दुबै लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्रालयका निमित्त सचिव कविराज खनालले प्रवक्ता–पत्रकार सम्बन्ध र सूचनामा जनताको पहुँचका लागि प्रविधियुक्त डाइरेक्टरीको भूमिका हुने बताउनुभयो ।

सूचना विभागका महानिर्देशक लक्ष्मी विलास कोइरालाले एप्स्मा हाल तीन हजार पाँच सय ८ सूचना रहेको र प्राप्त हुने प्रतिक्रियाका आधारमा निरन्तर परिमार्जन गर्ने जानकारी दिनुभयो ।

सो एप्स् सूचना विभागको वेबसाइटबाट स्मार्ट फोन, ट््याब्लेट कम्प्युटर जस्ता साधनमा इस्न्टल गर्न सकिनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts