Tuesday, January 19, 2016

खाडीमा सिस्नुपानीको ‘दुई थोपा हाँसो’ कार्यक्रम हुने

परिवार र मुलुक छाडेर वैदेशिक रोजगारीका क्रममा मध्यपूर्वी देश (खाडी)मा कार्यरत नेपालीमाझ सिस्नुपानी नेपालले ‘दुई थोपा हाँसो’ नामक कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

पहिलो चरणमा यही माघ ७ देखि २९ सम्म सो संस्थाको कलाकार टोली दुबई, कतार, बहराइन र मलेसियामा कार्यक्रम प्रस्तुति गर्न पुग्नेछ । कार्यक्रमबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा टोलीमा संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागे, महासचिव टङ्क आचार्यसहित योग प्रशिक्षक डा राजु अधिकारी, व्यङ्ग्य कवि अर्जुन पराजुली, कलाकार मनोज गजुरेल र गायक शिशिर योगी रहनुहुने जानकारी दिइयो ।

वर्षाैदेखि परदेशमा परिश्रम गरेर देशलाई आर्थिक टेवा गरी ढुकुटी धानेका श्रमिकलाई प्रत्यक्ष भेटेर टोलीले नेपाली जनताको सद्भावना सन्देश सम्प्रेषण गर्नेछ । कलाकार टोलीले पारिश्रमिक नलिने र सहभागी कामदारले पनि शुल्क तिर्न नपर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको छ ।

टोलीलाई शुभकामना दिँदै श्रम मन्त्रालयका सचिव रामकुमार आचार्यले सरकारीस्तरबाट गर्नुपर्ने काम सिस्नुपानीबाट प्रस्तावित भएकामा खुसी व्यक्त गर्दै यसमा सक्दो सहयोग गर्ने वचन दिनुभयो ।

कार्यक्रमलाई मन्त्रालय, इस्लिङ्टन कलेज, नेपाल पर्यटन बोर्ड र एयर एसियाले सहयोग गरेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts