Saturday, January 23, 2016

बँदेलको आक्रमणबाट छजना घाइते

रत्ननगर (चितवन), ९ माघ । पश्चिम चितवनमा बँदेलको आक्रमणबाट छजना घाइते भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बँदेलले आक्रमण गर्दा आज जगतपुरका छजना स्थानीयवासी घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

जगतपुरको ध्रुव भन्ने गाउँमा बँदेल आएर आक्रमण गरेको स्थानीयवासीले बताएका छन् । घाइते हुनेमा नारायणी नगरपालिकाका सोमबादुर थिङ, राजकुमार कार्की, कमल गौतम, चीन विक, शिव बास्तोला, मनिराम दराई रहेका छन् ।

घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बँदेलको आक्रमणबाट कमल गौतम र चीन विकको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बिहान ११ बजेतिर बस्ती पसेको बँदेललाई स्थानीयवासी प्रदीप भट्टको घरमा थुनेर राखिएको र साँझ प्राविधिक टोलीले निकुञ्जमा लगेर छाडेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts