Sunday, January 24, 2016

रङ्गेली घटनाको विरोधमा पूर्वका नौ जिल्ला बन्द

धनकुटा, १० माघ । मोरङको रङ्गेलीमा भएको घटनाको विरोधमा लिम्बुवान संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।

गत बिहीबार रङ्गेलीमा भएको झडपमा तीन जनाको ज्यान गएको भन्दै त्यसको विरोधमा समितिले एक दिने चक्काजाम आह्वान गरेको हो । बन्दका कारण धनकुटा, तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङ, इलाम, पाँचथर, झापा, मोरङ र सुनसरीको जनजीवन प्रभावित भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

बन्दका कारण ती जिल्लामा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन भएका छैनन् । तराई हुँदै पूर्वी पहाडी जिल्ला जोड्ने कोसी राजमार्ग पनि बिहानैदेखि सुनसान रहेको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आकस्मिक प्रयोजनका सवारी साधन भने सञ्चालमा छन । यातायात ठप्प हुँदा सर्वसाधरण मारमा परेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts