काठमाडौँ, २१ पुस । इजरायलले छोटो समयमा गरेको विकासबाट शिक्षा लिई नेपाली जनताले पनि देशको विकासका लागि मिहेनत र परिश्रम गर्नुपर्ने आज यहाँ आयोजित कार्यक्रममा वक्ताले बताउनुभएको छ ।
नेपाल र इजरायलबीचको दौत्य सम्बन्धपछिको ५५ वर्षका उपलक्ष्यमा नेपाल विश्व सम्बन्ध परिषद्ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको आशनबाट नेपाल अधिराज्यका लागि इजरायली राजदूत यारोँ मायरले इजरायलले प्रविधिको क्षेत्रमा गरेको विकास नेपालको विकासका लागि प्रेरणा हुनसक्ने भन्दै नेपालको यथेस्ट जलस्रोतलाई उपयोग गरेर देशको विकास गर्न सकिने बताउनुभयो ।
उहाँले नेपाल र इजरायल दुवै मुलुक दौत्य सम्बन्ध स्थापनादेखि जनस्तरसम्म सौहार्द्र तथा मैत्रीपूर्ण रहेको बताउँदै नेपालमा हालै आएको भूकम्पपछि इजरायलले पीडितको उद्धारका लागि सक्दो सहयोग गरेको उल्लेख गर्नुभयो ।
परिषद्का अध्यक्ष राजेन्द्रबहादुर श्रेष्ठले नेपाल र इजरायलबीचको सम्बन्ध स्थापनाकालदेखि सुमधर रहेको र राजा महेन्द्र र राजा वीरेन्द्रको गतिशील नेतृत्वमा भएको विभिन्न भ्रमण तथा सहयोगको सम्बन्ध स्मरणीय रहेको बताउनुभयो ।
महासचिव श्रीधर गौतमले इजरायल सानो मुलुक भए पनि इजरायलले छोटो समयमा गरेको प्रविधि तथा अन्य क्षेत्रमा गरेको विकासबाट शिक्षा लिएर नेपाली जनताअघि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment