पथरी (मोरङ), १८ पुस । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध दललाई वार्तामा आउन पुनः आग्रह गर्नुभएको छ ।
मोरङको बेलबारीमा जनसाँस्कृतिक महासङ्घको २९ आँै स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राईले बन्द हड्ताल र नाकाबन्दीले देश समस्यामा परेको भन्दै समस्या समाधानका लागि संयुक्त मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गर्नुभयो ।
भारतले गरेको नाकाबन्दी फिर्ता लिन आग्रह गर्दै सञ्चारमन्त्री राईले अघोषित नाकाबन्दीको अवस्था र त्यसले सिर्जना गरेको सङ्कटको अवस्था तत्काल समाधानका लागि औपचारिक वार्ताको मिति तय गरिनेसमेत जानकारी दिनुभयो ।
तीन महिनाभित्र राजनीतिक सहमतिको आधारमा सीमाङ्कनको काम टुङ्गिने र दलहरूको सहमतिका आधारमा अघि बढ्ने उहाँको भनाइ छ । रासस
No comments:
Post a Comment