Friday, January 22, 2016

मधेस आन्दोलन अराजक व्यक्तिको सञ्चालनमा : राज्यमन्त्री साह

बर्दिवास, ८ माघ । शान्ति तथा पुनःनिर्माण राज्यमन्त्री दीपनारायण साहले मधेस आन्दोलन अराजक व्यक्तिले सञ्चालन गरेका आरोप लगाउनुभएको छ ।

गृहजिल्ला महोत्तरीको भ्रमणमा रहनुभएका साहले आज बर्दिवास–४ गौरीडाँडामा पत्रकारसँगको अन्तक्र्रियामा वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्दै अहिलेको मधेस आन्दोलन ‘तस्कर र अराजक गुट’ ले सञ्चालन गरिरहेको आरोप लगाउनुभएको हो ।

राज्यमन्त्री साहले भन्नुभयो, “मेरो घर भारतीय सीमावर्ती गाउँ सम्सीमा छ”–दिउँसो आन्दोलन भन्दै लाठीभाला नचाउनेहरु रात परेपछि भारत पस्दै तस्करीमा सामेल हुने गरेका सूचना मसँग छ ।”

“सरकार आन्दोलनको राजनीतिक सम्बोधनका लागि तयार छ”– राज्यमन्त्री साहले भन्नुभयो– “अब आन्दोलन आफैँले गरेको हो भने मधेसवादी दलले लाठीभाला थन्क्याएर इमानसाथ वार्तामा बस्नुपर्छ ।” भाला देखाएर आतङ्क फैलाइने आन्दोलनले कुनै निकास नदिने साहको निचोड थियो ।

कार्यक्रममा नेकपा (एमाले) का जिल्ला तहका नेता कार्यकर्ताको उपस्थिति थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts