Saturday, January 2, 2016

बस दुर्घटनामा छको मृत्यु, १६ जना घाइते

रुपन्देही, १९ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहमा गएराति भएको बस दुर्घटनामा छजनाको मृत्यु भएको छ ।
ना४ख ६८४१ नंको बसमा सवार चारजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको इप्रका, बुटबलका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा बर्दिया तारातालका २२ वर्षीय कुशल शर्मा, कञ्चनपुर भीमदत्त नगरपालिका– ५ का ३५ वर्षीय प्रकाश शाही, रुपन्देही देवदेहकी ३५ वर्षीया शान्ति दर्जी र बाराका ३२ वर्षीय चुरक शाहको सनाखत भएको खड्काले बताउनुभयो ।
नारायणगढबाट नेपालगन्जका लागि छुटेको बस रुपन्देहीको देवदह नगरपालिका १० घोडाहा जङ्गलमा अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चारजनाको थप उपचारका लागि भरतपुर पठाइएको छ । बसमा ४३ जना सवार रहेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts