Saturday, January 23, 2016

सहारा क्लबद्वारा युनाइटेड सिक्किम एफसी भारत पराजित

पोखरा, ९ माघ । सहारा क्लबद्वारा पोखरा रङ्गशालामा भइरहेको १४औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सहारा क्लबले युनाइटेड सिक्किम एफसी भारतलाई २–० ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

आजबाट सुरु भएको क्वार्टर फाइनलको पहिलो खेलमा सहारा क्लबका तर्फबाट खेलको ५९औँ मिनेटमा क्लबका एलबिस र ८८औ मिनेटमा शिव सुवेदीले १–१ गोल गरी टिमलाई विजयी बनाएका थिए ।

भोलिको खेल लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ््दी क्लब र इन्डियन आर्मी गोर्खा ब्रिगेड टिमबीच हुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts