तिलोत्तमा (रुपन्देही), १२ माघ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा भिरबाट खसेको ढुङ्गाले लागेर आज एक जनाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट सामान लिएर तम्घास जाँदै गरेको लु१च ६३९५ नं को जिपमा सवार गुल्मी दिगाम–५ का २७ वर्षीय नारायण खनालको भिरबाट खसेको ढुङ्गाले लागेर ज्यान गएको हो ।
ढुङ्गाले लागेर घाइते बनेका खनालको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हो । जिपमा सवार अन्य दुई जना भने सकुशल नै रहेका छन् । रासस
No comments:
Post a Comment