Sunday, January 3, 2016

सरकार ढाल्ने ग्राइन्ड डिजाइनले अस्थिरता : नेत्री कोइराला

दैलेख, १९ पुस । नेपाली काँगे्रसकी नेत्री सुजाता कोइरालाले सरकार ढाल्ने खेलमा नलाग्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “सरकार ढाल्ने खेलमा लाग्दा मुलुक झन् अस्थिरतामा फस्न सक्छ ।”

नेपाललाई शक्तिशाली बन्न नदिन सरकार टिक्न नदिनेको ‘ग्रान्ड डिजाइन’ नै चल्ने गरेको छ” नेपाल पे्रस युनियनद्वारा आज दैलेखमा आयोजित पत्रकार भेटघाटमा कोइरालाले भन्नुभयो, “नेपालमा एउटा सरकार पा“च वर्ष टिकेको इतिहास छैन । छिमेकी भारतमा जति कमजोर सरकार भएपनि पाँच वर्ष टिक्न दिन्छन् ।”

पार्टीको आसन्न १३औँ महाधिवेशनमा आफू सभापति, त्यो नभए पदाधिकारीको कुनै पदमा उम्मेदवारी दिने बताउनुभयो । काँगे्रस पार्टी कार्यालय रहेको गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान भवनको उद्घाटन गर्न कोइराला दैलेख आउनुभएको हो । त्यस अवसरमा उहाँ कोइराला सेवा समाजको कार्यक्रममा समेत सहभागी हुनुभयो ।

संविधान जारी भइसकेपछि सबै पार्टीको ध्यान देश विकासतर्फ हुनुपर्ने उहाँले बताउनुभयो । “अनेक षडयन्त्रका बीच तीनदल एक भएर संविधान ल्याउन सफल भयौँ । विकासका लागि फेरि पनि तीन दलको एकता जरुरी छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय मेलमिलाप र एकता काँगे्रसको मूलमन्त्र हो । प्रतिपक्षमा रहेपनि रचनात्मक सहयोग गर्छ ।”

काँगे्रस केन्द्रीय सदस्यसमेत रहनुभएको पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कोइरालाले भारतीय बौद्धिक तप्का, सांसद र नागरिकले नाकाबन्दीको विरोध गरिरहेकाले अब छिट्टै असहज परिस्थिति अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अब मधेसी मोर्चाको नेतृत्वमा आन्दोलन नरहेको पनि बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts