सल्यान, १८ पुस । शारदा नगरपालिका वडा नं. १० पैयाखर्कमा लिफ्ट प्रणालीको प्रयोग गरेर घर घरमा धारा जडान गरिएपछि गाउँमा खुसियाली छाएको छ ।
बर्साैँदेखि खानेपानीको हाहाकार भएको पैयार्खकमा निजी धारा जडान गरी खानेपानी वितरण भएपछि गाउँको खानेपानीको समस्या समाप्त भएको छ ।
गाउँमा कतै पनि खानेपानीका स्रोत नभएको तथा कुनै मुहान नभएपछि गाउँमा रहेका ७५ घरधुरीका परिवारले सास्ती खेप्दै आएका थिए । गाउँमा करिब एक किमी तल रहेको पानीलाई लिफ्टको प्रयोग गरी वितरण भएपछि समस्या हटेको खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष मित्रबहादुर राणाले वताउनुभयो । रासस
No comments:
Post a Comment