Friday, January 22, 2016

सभापतिको उम्मेदवारीबाट पछि नहट्ने पौडेलको उद्घोष

झापा, ८ माघ । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति रामचन्द्र पौडेलले आफू सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस झापाद्वारा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नयाँ योजना र कार्यक्रमकासाथ पार्टीलाई अघि बढाउन आफूले सभापति पदमा उम्मेदवारी दिने बताउनुभयो ।

अर्काे प्रसङ्गमा उहाँले लोकतन्त्रमा प्रमुख पार्टी र दोस्रो पार्टी मिलेर सत्ता गठबन्धन गर्नुभन्दा लोकतान्त्रिक अभ्यासअन्तर्गत सत्ता र प्रमुख प्रतिपक्षको भूमिकामा रहनु नै उत्तम हुने ठानेर काँग्रेसले स्वच्छ प्रतिस्पर्धाको राजनीति रोजेको पनि बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts