लहान, २२ पुस । सिरहाको बस्तीपुरमा भएको ट्र्याक्टर दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका लहान नगरपालिका–१२ निवासी ३४ वर्षीय उमेश विश्वकर्माको आज बिहान विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मृतकका आफन्तजनले बताएका छन् ।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स १ त ४३४२ नं को ट्र्याक्टर हिजो साँझ लहान नगरपालिका–१४ स्थित बस्तीपुरमा अनियन्त्रित भई दुर्घटना भएको थियो । रासस
No comments:
Post a Comment