काँकडभिट्टा (झापा), १७ पुस । झापाको विर्तामोडमा एक मजदुर महिलाको हत्या भएको छ ।
उनको शव आज बिहान विर्तामोड–६ बुट्टाबारीमा फेला परेको थियो । शव विर्तामोड–६ कै ४७ वर्षीया सुनिता धिमालको रहेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले बताउनुभयो ।
बुट्टाबारीस्थित सुकुम्बासी टोलमा बसोबास गर्दै आएकी सुनिता उत्तम श्रेष्ठको घरमा मजदुरी गर्दै आएकी थिइन् । उनका श्रीमान् इलाममा काठ मिस्त्रीको काम गर्दै आएका छन् । श्रीमान् घरमा नभएको अवस्थामा घरदेखि १५० मिटरको दूरीमा उनको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको उपरीक्षक खत्रीले बताउनुभयो ।
उनको शव हाल मेची अञ्चल अस्पतालमा परीक्षणका लागि लगिएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment