भीमदत्तनगर, १८ पुस । नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले पार्टीको १३ औँ महाधिवेशनमा नेताहरुको मुल्याङ्कन हुने बताउनुभएको छ ।
आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित दुर्गादत्त जोशी स्मृति प्रतिष्ठानको घोषणा सभामा बोल्दै महामन्त्री सिटौलाले नजिकिदै गरेको कांग्रेसको महाधिवेशनमा नेताहरुको मुल्याङ्कन गरेर कुर्चीमा पु¥याउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । महाधिवेशन निर्वाचनमा स्वविवेक प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
त्यसैगरी नेपाली कांग्रेस देशकै अभिभावक रहेको धारणा राख्दै देशमा देखिएको नाकावन्दी, भुकम्प पिडीतहरुको समस्या समाधनका लागि कांग्रेसले निकास खोज्न भुमिका निभाउनुपर्नेमा सिटौलाले जोड दिनुभयो । राज्य पुर्नसंरचनामा कैलाली कञ्चनपुर प्रदेश नं. ७ मै रहने स्पष्ट पार्दै उहाँले कैलाली कञ्चनपुरको संरचनाको निर्णय सिराहा, सप्तरीका जनताले गर्ने होइन भन्नु भयो । रासस
Saturday, January 2, 2016
नेताको मूल्याङ्कन गर्ने बेला आयो : महामन्त्री सिटौला
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment