Saturday, February 6, 2016

क्षयरोग निको हुने दर सय प्रतिशत

कञ्चनपुर, २३ माघ । कञ्चनपुरको दैजीमा रहेको स्वास्थ्य चौकीमा क्षयरोग निको हुने दर सय प्रतिशत रहेको छ ।

स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा निःशुल्क क्षयरोगको उपचार हुन थालेपछि रोग निको हुने दर सय प्रतिशत पुगेको हो ।

स्वास्थचौकीमा रहेको प्रयोगशालामा निःशुल्क बिरामीको खकार जाँच गरी क्षयरोग भएका बिरामीलाई स्वास्थ्यकर्मीकै उपस्थितिमा नियमित औषधि खुवाउने कार्यले क्षयरोगका बिरामी घट्दै गएको स्वास्थ्यचौकीका प्रमुख सिद्धराज भट्टले बताउनुभयो ।

क्षयरोगका बिरामीलाई छ महिनादेखि आठ महिनासम्म निगरानीमा औषधि खुवाइ अन्तिममा पुनः खकार चेकजाँच गरी रोग निको भए नभएको एकिन गर्दै आएको उहाँले बताउनुभयो ।

गतवर्ष स्वास्थ्य चौकीमा क्षयरोगका ४५ जना बिरामीको उपचार गरिएकोमा यसवर्ष बिरामीको सङ्ख्या घटेर १२ जना पुगेका छन स्वास्थ्यचौकीका प्रमुख भट्टले भन्नुभयो “गतवर्ष उपचार गरिएका सबैजना क्षयरोगबाट मुक्त छन् ।”

क्षयरोगको नियमित औषधि खाने गरेमा र नियमित चेकजाँच गरेमा ९० प्रतिशत व्यक्ति क्षयरोगबाट बच्नसक्ने उहाँले बताउनुभयो ।

जनस्वास्थ्य कार्यालय कञ्चनपुरका क्षयरोग, कुष्टरोग अधिकृत उद्धव ठगुन्नाकाअनुसार कञ्चनपुरमा क्षयरोगीको सङ्ख्या एक हजारको हाराहारीमा रहेको छ । जसमध्ये बिचमै औषधि खान छाडनेको सङ्ख्या तीन प्रतिशत रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts