गाईघाट (उदयपुर), २१ माघ । नेकपा (एमाले) स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डेले मधेसको माग पूरा भइसकेका कारण अब देश विकासमा लाग्नुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल उदयपुरले आज सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पाण्डेले मधेसी जनताको माग पूरा गर्नका लागि समावेशी तथा समानुपातिक सहित जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने समेत माग अहिलेको वर्तमान सरकार र राजनीतिक दलले पूरा गर्न संविधान संशोधन भएको बताउनुभयो ।
पूर्वअर्थमन्त्री पाण्डेले एमालेसँग अहिले पाँच लाखभन्दा पनि बढी पार्टी कार्यकर्ता रहेको र तीमध्ये केहीलाई अब श्रम क्षेत्रमा लगाइनुपर्ने उहाँको धारणा थियो । सगरमाथा अञ्चलस्तरीय युवा सङ्घको प्रशिक्षण भेला यहाँ सुरु हुँदैछ । भेलामा झन्डै १५० युवा सहभागी रहने एमाले उदयपुरले बताएको छ । रासस
No comments:
Post a Comment