Monday, February 22, 2016

सिँचाइमन्त्री यादवद्वारा आर्थिक सहयोग

सप्तरी, १० फागुन । मधेस आन्दोलनका क्रममा सप्तरीको भारदहमा मृत्यु भएका दुईजनाको परिवारलाई सिँचाइमन्त्री उमेश यादवले आर्थिक सहयोग गर्नुभएको छ ।

भारदहमा आइतबार मन्त्री यादवले रु ११ हजारका दरले आर्थिक सहयोग गर्नुभएको बताइएको छ ।

मधेस आन्दोलनका क्रममा प्रहरीको गोलीबाट सप्तरीको भारदह–१ का राजीव राउत र पोर्ताह–१ का रामकृष्ण राउतको मृत्यु भएकोमा उनीहरुका परिवारलाई सो आर्थिक सहयोग मन्त्री यादवले गर्नुभएको हो ।

गत भदौ १ गते राजीवको र भदौ २३ गते रामकृष्णको प्रहरीको गोलीबाट ज्यान गएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts