Friday, February 26, 2016

रु तीन करोड राजस्व सङ्कलन

भीमदत्तनगर, १४ फागुन । जिल्ला विकास समिति कञ्चनपुरले चालु आर्थिक वर्षको पहिलो चौमासिकमै रु तीन करोड पाँच हजार राजस्व सङ्कलन गरेको छ ।

चालु आवमा जिविसले रु तीन करोड ६० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । जिविसको राजस्व शाखाका नायब सुब्बा टेकबहादुर चन्दका अनुसार पहिलो चौमासिकमा छुट सुविधा भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको बताउनुभयो ।

जिविसले पहिलो चौमासिकमा रु ३४ लाख मूल्य अभिवृद्धि कर (भ्याट) रकम सङ्कलन गरेको चन्दले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts