Friday, February 26, 2016

दुर्घटनामा एकको मृत्यु

सुन्दरदुलारी (मोरङ), १४ फागुन । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरी शनिश्चरे–३ मा गएराति सडक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा बजार हुलाकमार्गका ४५ वर्षीय लालबहादुर बोगटीे रहेका छन् । अज्ञात सवारीसाधनको ठक्करबाट गम्भीर घाइते भएका बोगटीको उपचारका क्रममा स्थानीय पथरी अस्पतालमा राति नै मृत्यु भएको हो ।

ठक्कर दिने सवारी साधनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरी, शनिश्चरेले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts