Tuesday, February 23, 2016

एसियाकै पर्वतीय पर्यटनको आकर्षण केन्द्र बन्दै पर्वतीय सङ्ग्रहालय

पोखरा, १२ फागुन । पोखरा उपमहानगरपालिका वडा नं १७ स्थित अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पर्वतीय पर्यटनको अध्ययन गर्ने अध्येताका लागि एसियाकै आकर्षणको केन्द्र बन्दै गएको छ ।

नेपाल पर्वतारोहण सङ्घको रु ११ करोड ३० लाख ४८ हजार ८५० को लागतमा एक सय रोपनीमा फैलिएको परिसरको करिब छ रोपनी आठ आना क्षेत्रफलमा निर्माण सम्पन्न भई २०६१ साल माघदेखि सञ्चालनमा आएको उक्त सङ्ग्रहालयमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरबाट विभिन्न अध्येता अध्ययन तथा अनुसन्धानका साथै साहसिक पर्यटकीय खेल र मनोरञ्जनको भरपुर आनन्द लिनका लागि आउने गरेका छन् ।

पर्वतीय पर्यटनका विभिन्न विषयको प्रत्यक्ष जानकारी गराउने किसिमले सङ्ग्रहालयमा धेरै पक्ष समेट्ने प्रयास गरिएको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले बताउनुभयो ।

उहाँका अनुसार हिमालै हिमालको देशका रुपमा परिचित नेपालमा आठ हजारभन्दा बढी उचाइ भएका १४ वटा, सात हजार ५०० देखि सात हजार ९९९ सम्मका ४०, छ हजारदेखि छ हजार ९९९ सम्मका ६०३ सहित कुल एक हजार ९१३ वटा हिमचुचुरा रहेको र तिनीहरूको जानकारी एकै ठाउँबाट लिन सक्ने गरी सङ्ग्रहालयमा व्यवस्था गरिएको छ ।

“एउटै छानामुनि विश्वका उच्च हिमाली शृङ्खलाको सङ्ग्रहालयमा जानकारी लिन सकिन्छ”, उहाँले भन्नुभयो – “हाल फोटोहरू प्रदर्शन गरिएकामा निकट भविष्यमा नै आठ हजार मिटरभन्दा माथिका सबै हिम शृङ्खलाको आकार आउने गरी नमुना तयार गरिने छ ।”

सङ्ग्रहालय अवलोकनका लागि विद्यार्थीलाई रु ४० र सर्वसाधारण नेपालीका लागि रु ८० शुल्क लाग्ने व्यवस्था गरिएको छ भने सार्कअन्तर्गतका पर्यटकलाई रु २०० र अन्य विदेशीका लागि रु ४०० अवलोकन शुल्क निर्धारण गरिएको नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष एवम्

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts