Monday, February 22, 2016

नवनिर्वाचित पदाधिकारीले मङ्गलबार पदबहाली गर्ने

काठमाडौँ, १० फागुन । अनेरास्ववियुका नवनिर्वाचित पदाधिकारीले मङ्गलबार पदबहाली तथा सपथ गर्ने भएका छन् ।

सोही दिन पुरानो कमिटीले नयाँ कमिटीलाई पद हस्तान्तरण गर्ने कार्यक्रम रहेको नवनिर्वाचित उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिनुभयो ।

यसैबीच युवासङ्घ नेपालको कावा अध्यक्षमा सङ्घका उपाध्यक्ष दिलु पन्तलाई तोकिएको छ । सङ्घका अध्यक्ष राजीव पहारी भारतीय जनता पार्टी निकट युवा सङ्गठनको निमन्त्रणामा आइतबार त्यसतर्फ जानुभएकाले पन्तलाई सो जिम्मेवारी प्रदान गरिएको सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।

अध्यक्ष पहारीको नेतृत्वमा चार सदस्यीय समूह दिल्ली गएको हो । नेपालमा युवाको अवस्था तथा युवासङ्घले राष्ट्रनिर्माणमा निर्वाह गरेको भूमिकाका विषयमा अध्यक्ष पहारीले जानकारी गराउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । उक्त टोली बिहीबार स्वदेश फर्कनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts