सोलुखुम्बु, १४ फागुन । सोलुखुम्बुको अत्यन्तै विकट गाउँ गुदेलमा रहेको गुदेल स्वास्थ्य चौकीमा दुईजना समाजसेवीले रु ६ लाख बराबरको औषधि सहयोग गरेका छन् ।
गुदेल शेर्पा किदुगका सल्लाहाकार गुदेल ६ निवासी पेमा लाक्पा शेर्पा र गुदेल– ४ निवासी डेण्डी शेर्पाले स्वास्थ्य चौकीमा औषधि पु¥याउनुभएको हो । उहाँहरुले आज काठमाडौंँबाट हेलिकप्टरमार्फत रु तीन लाख ५० हजार बराबरको औषधि गुदेल पु¥याउनुभएको हो ।
यसअघि पनि उहाँहरुले रु दुई लाख ५० हजार मूल्य बराबरको अत्यावश्यक औषधि पठाउनु भएको थियो । सदरमुकामबाट तीन दिन पैदल हिँडेर पुगिने उक्त गाविसमा औषधि अभावका कारण बिरामीलाई अत्यन्तै समस्या परेका कारण औषधि सहयोग गरिएको डेण्डीले बताउनुभयो ।
विकट गाविसमा बिरामी उपचारका लागि टाढा जाँदा पनि समस्या र औषधि ढुवानीमा पनि समस्या हुने अवस्था विद्यमान रहेकाले उहाँहरुको सहयोगले धेरैको ज्यान बचाउन मद्दत पुग्ने स्वास्थ्य चौकी गुदेलका प्रमुख रामबहादुर केसीले बताउनुभयो । रासस
No comments:
Post a Comment