Wednesday, February 10, 2016

प्रधानमन्त्री ओली र भुटानी गृहमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भुटानका गृह एवम् सांस्कृतिक मामिला मन्त्री ल्यान्पो दावा ग्याल्तसेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा आपसी हित र दुई मुलुकको सम्बन्धका बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले भुटानले पछिल्लो दिनमा गरेको आर्थिक प्रगतिको बारेमा उच्च प्रशङ्सा गर्नुभएको उहाँका परराष्ट्रविज्ञ गोपाल खनालले जानकारी दिनुभयो ।
सो अवसरमा नेपाल र भुटानबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका बारेमा छलफल भएको थियो ।
यसैगरी उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापासँग पनि भुटानी गृहमन्त्रीले भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो ।
भुटानीमन्त्री ल्यान्पो पूर्वप्रधानमन्त्री सुशील कोइरालाको दुःखद् निधनप्रति समवेदनामा प्रकट गर्न आजै यहाँ आउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts