Monday, February 22, 2016

आगलागीबाट दश लाखको क्षति

सप्तरी, ११ फागुन । सप्तरीको बथनाहा गाविसमा गएराति आगलागी हुँदा करिब रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।

जिल्लाको बथनाहा गाविस–५ स्थित ढिकुली निवासी नरेश मण्डलको घरबाट विद्युत सर्ट भइ अचानक सल्केको आगोले निजको एउटा र छिमेकी पितम्बर मण्डलको दुई गरी तीनवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगलागीबाट घरमा रहेका अन्नपात ,लत्ताकपडा, भाँडाकुँडा खाद्यान्न र नगद जिन्सी गरी करिब रु १० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ ।

आगो स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts