Wednesday, February 24, 2016

विमान दुर्घटनाको खबरले एमाले स्तब्ध

काठमाडौँ, १२ फागुन । नेकपा (एमाले)ले आज बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दीको सोलीघोप्टे भिरमा दुर्घटना भएको खबरले पार्टी स्तब्ध भएको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गरी विमान दुर्घटनामा परी मृत्यु भएका चालक दलका सदस्यसहित २३ जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ– “पीडादायी दुर्घटनामा परी आफ्नो अमूल्य जीवन गुमाउन पुगेका स्वदेशी तथा विदेशी यात्रु र चालकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।”

नेपाली आकाशलाई सुरक्षित र भरपर्दो बनाउने सन्दर्भमा प्रभावकारी कदम चाल्न पार्टीका तर्फबाट सरकारको गम्भीर ध्यानाकर्षण समेत गराइएको छ । आज बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरको जहाज दाना, सोलिघोप्टेको केगरबुटा भन्ने स्थानमा दुर्घटना भएको हो । विमानमा चालक दलका तीन सदस्यसहित २३ यात्रु थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts