Wednesday, February 3, 2016

महाधिवेशनबाट पार्टीभित्रको गुटउपगुटको अन्त्य हुन्छ : उपसभापति पौडेल

दमौली, २० माघ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले काँग्रेसको तेह्रौँ महाधिवेशनमा पार्टी सभापतिमा आफूलाई उठ्नका लागि देशव्यापीरुपमा नै जनलहर आइरहेको बताउनुभएको छ ।

गृह जिल्ला तनहुँमा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा आज उहाँले आफूले सभापतिमा उम्मेदवारी दिने भएकाले सहयोग गर्न जिल्लाका कार्यकर्तालाई आग्रह गर्नुभयो ।

तेह्रौँ महाधिवेशनबाट पार्टीभित्रको गुटउपगुटको राजनीति अन्त्य हुने उहाँको भनाइ थियो ।
“मैले सभापतिमा उम्मेदवारी दिँदैछु मलाई सहयोग गर्ने गरी काठमाडौँ आउनुहोस” नेता पौडेलले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts