काठमाडौँ, ८ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको गत बिहीबार सम्पन्न भएको केन्द्रीय पदाधिकारीको निर्वाचनको मतगणना जारी रहेको छ ।
बाइसौँ सम्मेलनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना नेकपा (एमाले) पार्टी कार्यालय धूम्रबाराहीमा शुक्रबारदेखि हुँदै आएको छ ।
अहिलेसम्म काठमाडौँ उपत्यका, मेची, कोसी, सगरमाथा र जनकपुरलगायतको मात्र मतगणना सकिएको निर्वाचन कमिटीले जानकारी दिएको छ ।
नारायणी, गण्डकी, धवलागिरी, लुम्बिनीलगायत केन्द्रको मतगणना सकिएपछि आइतबार साँझसम्ममा सम्पूर्ण परिणाम सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ ।
सत्र पदाधिकारीसहित १४२ सदस्यीय समितिका लागि देशभरका एक हजार ५१९ मत खसेको थियो । अहिलेसम्म करिब ६०० मत गणना भएकोमा अध्यक्षका उम्मेदवार नवीना लामा आफूभन्दा ४० मतले अगाडि रहनुभएको उहाँका प्रत्यासी दीपक गौतमले राससलाई जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment