Friday, February 26, 2016

झाँझ नदीमा पक्की पुलको शिलान्यास

रौतहट, १४ फागुन । वर्षौंदेखि समस्या भोग्दै आएका मिठुअवा गाविस आसपासका बासिन्दालाई आवागमनमा सहजता दिलाउने उद्देश्यले बिहीबार पक्की पुल शिलान्यास गरिएको छ । सो पुलको शिलान्यास स्थानीय विकास अधिकारी बन्दना झाले गर्नुभयो ।

जिल्ला विकास समिति रौतहटको आर्थिक सहयोगमा यस जिल्लाको मध्यभागमा रहेको मिठुअवा गाउँको बीचभाग हुँदै बगेको झाँझ नदीमा पक्की पुल निर्माण गर्न लागिएको हो ।

विशेषगरी वर्षायामको समयमा आवागमनमा समस्या भोग्दै आएका स्थानीयवासीलाई आवागमनमा सहजता दिलाउने उद्देश्यले निर्माण गर्न लागिएको उक्त पुल रु ५६ लाखको लागतमा निर्माण गरिने छ ।

जिविसको सहयोगमा हेल्प नेपाल, गौरले स्थानीय उपभोक्तामार्फत पुल निर्माण गर्न लागेको संस्थाका अध्यक्ष रामप्रताप यादवले बताउनुभयो ।

फागुन मसान्तसम्ममा निर्माण सम्पन्न हुने उक्त पुलको निर्माणकार्यपछि हजारौँ जनता लाभान्वित हुने विश्वास लिइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts