फलेवास (पर्वत), ८ फागुन । शङ्करपोखरीका काशीराम पराजुलीले शुक्रबार एक डोको काउली दिनभर सदरमुकाम कुश्माको बजार डुलाउ“दा कतै बिक्री भएन । स्थानीय बजारमा प्रचलित मूल्यमा खरिद गर्न कुनै व्यवसायी तयार नभएपछि उनले सबै काउली बाग्लुङ पठाए । आइतबारै गोलभेँडा बिक्री गर्न खुर्कोटबाट सदरमुकाम आएका गिरिराज शर्मालाई पनि ५० किलो बिक्री गर्न निकै समस्या भयो ।
विगत केही दिनयता किसानले भोगेको नियमित समस्याका भागिदारमध्येका उदाहरण हुन् पराजुली र शर्मा । केही दिनयता स्थानीय किसानले उत्पादन गरेको तरकारी सदरमुकाम कुश्मामा बिक्री गर्न निकै समस्या हुनेगरेको छ ।
हिउ“दे तरकारीको मुख्य सिजन मानिने माघदेखि असारसम्म यहा“का किसानलाई तरकारीको उचित मूल्य पाउन समस्या हुनेगरेको छ । सानो बजारक्षेत्र र मुख्य सिजनमा बजारमै तरकारी उत्पादन हुने भएपछि व्यावसायिक रुपमा तरकारी उत्पादन गर्दै आएका ग्रामीण किसानले तरकारीको उचित भाउ पाउन सक्दैनन् ।
‘ठूलो गाडी रिजर्ब गरेर बाहिर पठाउ“ भनेलागत मूल्य पनि उठ्दैन,’ पराजुलीले भन्नुभयो, ‘यहा“ सबै बिक्री नहु“दा समस्या भयो ।’ दुई हजार काउली लगाउनुभएका उहाँले अहिले बजार मूल्यमा स्थानीय बजारमा बिक्री गर्न समस्या भएपछि बाग्लुङ पठाउने गरेको बताउनुभयो ।
व्यवासायीले सस्तोमा खरिद गरेर धेरै महँगोमा बिक्री गर्ने चलनले पनि किसानको तरकारी थोकमा बिक्री घटेको हो । बजारमा अहिले काउलीको थोक मूल्य ३० रुपैयाँदेखि ३५ रुपैया“ भए पनि स्थानीय व्यवसायीले ६० रुपैया“ प्रतिकिलो खुद्रा मूल्यमा बिक्री गर्दै आइरहेका छन् ।
पछिल्लो समय पर्वतमा व्यावसायिक रुपमा तरकारी उत्पादन गर्ने किसानको सङ्ख्यामा वृद्धि हुन थालेपछि स्थानीय बजारमा तरकारी बिक्रीमा समस्या देखिएको हो । सदरमुकाममा दैनिक तीन मेट्रिक टन तरकारी खपत हुने अनुमान छ ।
यद्यपि अहिले दैनिक उत्पादन त्यसको दोब्बर भन्दा बढी हुने कृषि कार्यालयको तथ्याङ्कमा छ । ‘कुश्मालाई ज्ञादी र बलेवा जोड्ने दुईवटा पुल र सिँचाइको सुविधाले तरकारी उत्पादन बढेको छ ।’ वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भन्नुभयो, ‘यो सिजनमा माग तीन टन छ, आपूर्ति पाँच टन भन्दा बढी छ, अनि कसरी खोजेको मूल्य पाइन्छ ।’ ठूलो परिमाणमा उत्पादन गर्ने किसानलाई समस्या नभएको उहाँले बताउनुभयो ।
किसानलाई तरकारी बिक्री गर्न भएको समस्या टार्न कृषि, जिल्ल विकास र उद्योग वाणिज्य सङ्घको पहलमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको भए पनि त्यसमा किसानको आकर्षण बढ्न सकेको छैन । ‘केन्द्र सञ्चालनमा आए पनि हाम्रो तरकारी त्यहा“ खपत हु“दैन,’ पराजुलीले भन्नुभयो, ‘सबै तरकारी खरिदको जिम्मा लिने हो भने उत्पादन परिणाम पनि बढाउन सकिन्थ्यो ।’ जिम्मेवारी लिएर तरकारी खरिद गर्ने निकाय नहु“दा समस्या भएको किसान बताउ“छन् ।
किसानले एकल रुपमा तरकारी उत्पादन गर्दा बजारीकरणको समस्या भएको सरोकारवालाको भनाई छ । सामूहिक र सहकारीखेतीका लगि राज्यस्तरबाटै ठूलाठूला अनुदानका कार्यक्रम सञ्चालित भए पनि त्यसमा किसानको आकर्षण बढन सकेको छैन । रासस
No comments:
Post a Comment