Monday, February 22, 2016

कोइरालाको स्मरणमा नेवि सङ्घद्वारा दीप प्रज्ज्वलन

काठमाडौँ ९ फागुन । नेपाल विद्यार्थी सङ्घले नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको स्मरणमा दीप प्रज्ज्वलन गरिएको छ ।

स्वर्गीय कोइरालाको १३ औँ पूण्य तिथिको अवसर पारेर आज साँझ शान्तिबाटिकामा दीप प्रज्वलन गरेको हो ।

कार्यक्रममा नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले संविधान निर्माणमा स्वर्गीय कोइरालाले दिएको योगदानको कदर गर्दै यसलाई कार्यान्वयन गर्ने नेपाली काँग्रेसको मुख्य चुनौती भएको बताउनुभयो ।

कार्यक्रममा नेवि सङ्घ केन्द्रीय कार्यालयका मुख्यसचिव शिव रिमालले निष्ठावान्, त्यागी, इमान्दार र कर्तव्यनिष्ठ कोइराला भएको भन्दै उहाँको निधनले देशलाई ठूलो क्षति पुगेको बताउनुभयो ।

दीप प्रज्ज्वलनमा काठमाडौँ उपत्यकाका विभिन्न स्कूल तथा क्याम्पसका छात्राछात्रको सहभागिता रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts