Saturday, February 13, 2016

बालकको दुर्घटनास्थलमा मृत्यु

भद्रपुर, १ फागुन । सरस्वती पूजा खाएर फर्किरहेका एक बालकलाई काँकरभिट्टामा मिनी बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

आज दिउँसो करिब १ बजे मेचीनगर नगरपालिका वडा नं ९ निवासी बालक सन्तोष शिवाकोटीलाई ना ५ ख १८९१ नंको मिनी बसले ठक्कर दिएको थियो भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts