Friday, February 26, 2016

महानगरले मसानघाट र वधशालाको अनुगमन गर्ने

काठमाडौँ, १४ फागुन । काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानका मसानघाट र पशु वधशालाको अनुगमन गरी त्यसको व्यवस्थापनलाई योजनाबद्ध रुपमा अगाडि बढाउने भएको छ ।

सञ्चालनमा रहेको धेरै मसानघाट र वधशाला नियमभन्दा बाहिर रहेकाले उचित व्यवस्थापनका खाँचो रहेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख हरि श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुगमनपछि मसानघाट सञ्चालन गर्नेहरुसँग छलफल गरी पुनःनिर्माणमा सघाइने छ । अनुगमनका क्रममा मसानघाट र वधशालाको लगत पनि अद्यावधिक गरिनेछ ।

वधशालाको अनुगमन भने महानगरबाहिर धादिङ, चितवनलगायत जिल्लामा गर्ने महानगरको योजना छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts