Thursday, February 4, 2016

उद्यमीलाई सामग्री हस्तान्तरण

त्रिशूली (नुवाकोट), २१ माघ । भूकम्पको कारण प्रभावित भएका उद्यमीलाई सामग्री तथा प्रविधि प्रदान गरिएको छ ।

अस्ट्रेलियन एड र युएनडिपीको सहयोगमा सञ्चालित ‘शीघ्र उद्यम पुनरोत्थान परियोजना’ स्थानीय साझेदारी संस्था सामुदायिक ग्रामीण विकास समाज नेपाल र सामुदायिक तथा व्यावसायिक प्रवद्र्धन समाजले का उद्यमीलाई प्रविधि हस्तान्तरण गरेको हो ।

तारुका–५ चन्दनीमा रहेको नवज्योति पञ्चेबाजा समूहलाई एक सेट बाजा र खड्गभन्ज्याङको मैरीटारका १५ जना उद्यमीलाई एक रोपनीमा टनेल खेतीका लागि प्लास्टिक प्रदान गरेको छ । जिल्लामा पछिल्लो समय फस्टाउँदै गरेको ढाका उद्योगको प्रवद्र्धनका लागि ढाकातान, कोकाकाइयो लगायतका दश सेट सामग्रीसमेत प्रदान गरेको छ । ढाका समूह पिपलटारकी विन्दा गजुरेललाई संस्थाका अध्यक्ष पदम उप्रेतीले सामग्री प्रदान गर्नुभयो ।

यस्तै, संस्थाले बुधसिं, खड्गभन्ज्याङ, तारुका, सूर्यमतीका उद्यमीलाई सिँचाइ गर्न पानी तान्ने पम्प वितरणको तयारी गरेको छ । संस्थाले सिँचाइ प्रणालीमा ११० र लिफ्ट सिँचाइतर्फ १४५ जना उद्यमीलाई सहयोग गर्न लागेको संस्थाका फिल्ड संयोजक वसन्त रिजालले बताउनुभयो । यसैगरी, बागेश्वरीमा भूकम्प प्रभावित लघुउद्यमीलाई तालिमसंगै प्रविधि हस्तान्तरण गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts