अन्तर्राष्ट्रिय नेपाली मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल स्वीस डटकमले स्थापनाको छ वर्ष पूरा गरेको अवसरमा स्वीट्जरल्याण्डको जुरिखमा आयोजित छैठौँ वर्षगाँठ समारोह भव्यताका साथ सम्पन्न भएको छ ।
गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक जीबा लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा स्वीट्जरल्याण्ड तथा यूरोपको नेपाली समुदायमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने नेपालीहरुलाई सम्मान गरिएको थियो ।
प्रमुख अतिथीहरुबाट मैनबत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्री के.सी., आईसिसी महिला संयोजक सपिला राजभण्डारी, महिला उपसंयोजक रजनी प्रधान, नेपाल पत्रकार महासंघ यूरोप शाखाका उपाध्यक्ष ओम शर्मा, नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष चिरन शर्मा बिशिष्ठ अतिथिको रुपमा र नेपाली नेपाली डटकमका प्रधान सम्पादक एवं अनलाईन खबर डटकमका यूरोप संयोजक बसन्त रानाभाट, गोरखा रेडियो यूकेका नरेन्द्र बस्नेत, एनआरएनए यूरोप सहसंयोजक प्रेम गुरुंग र दावा शेर्पा, एनआरएनए आईसिसी सदस्य एकराज गिरी, लेखक एव पत्रकार पञ्चम अधिकारी हुनुहुन्थ्यो । त्यसैगरी अतिथीहरुमा एनआरएनए स्वीट्जरल्याण्डका अध्यक्ष हिराबल गुरुंग लगायत स्वीट्जरल्याण्डमा सक्रिय रुपमा रहेका अन्य संघ संस्थाहरुका अध्यक्ष एवं प्रतिनिधिरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सबै अतिथिहरुले कार्यक्रमको सफलताको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको सम्मान कार्यक्रममा आआफ्नो प्रतिभाका माध्यमबाट स्वीट्जरल्याण्डको नेपाली समुदायमा उल्लेख्य योगदान गर्ने मध्येबाट नृत्य तर्फ गौरी गुभाजु, निता कपुर, सर्मिला मगर, वर्षा हायोज, गायन तर्फ सुभाष सुन्दास, युवराज राई, नवराज घिमिरे तथा सामाजिक कार्य तर्फ स्वीट्जरल्याण्ड कि पहिलो नेपाली बिन्दु इन्ष्टाईनमान तथा शुभ एल्मर लामालाई सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने यूरोपका विभिन्न व्यक्तित्वहरु मध्ये चिरन शर्मा, बसन्त रानाभाट, एकराज गिरी, पञ्चम अधिकारी तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । त्यसैगरी उक्त कार्यक्रममा नेपाली समुदायका हरेक कार्यक्रममा स्वयंसेवकको रुपमा खटेर स्वादिष्ट नेपाली परिकार बनाई खुवाउँदै आउनु भएका समाजसेवी दल बहादुर पुनलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
गुणराज शर्मा र आशा स्टुकीले संयुक्त रुपमा सञ्चालन गर्नु भएको उक्त समारोहको सभापतित्व पितम गुरुंगले गर्नु भएको थियो । कार्यक्रममा नेपालमा गएको बिनाशकारी भूकम्पले प्रभावित भएकाहरुको सहयोगार्थ व्यक्तिगत पहलमा १०५०२। स्वीस फ्रेन्क उठाउन सफल नेपाली सगुन भट्ट तथा उनका बाबु आमालाई सम्मान गरिएको थियो भने उनै सगुन भट्टले उक्त रकम एनआरएनएका प्रमुख संरक्षक जीबा लामिछाने तथा उपाध्यक्ष कुमार पन्त र महासचिव डा. बद्री के.सी.लाई हस्तान्तरण गरिन् । उक्त रकमको चेक प्रमुख अतिथी जीबा लामिछानेले स्वीस नेपाली भूकम्प पीडित राहत अभियानका संयोजक पितम गुरुंगलाई हस्तान्तरण गर्नु भयो ।
नेपाल स्वीस डटकमका प्रधान सम्पादक दामोदर नेपालको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा उक्त मिडियाका सञ्चालक एवं सम्पादक हिरालाल श्रेष्ठले सम्पूर्ण पाहुना एवं कार्यक्रमलाई हर तरहले सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको विचार व्यक्त गर्नु भएको थियो ।
सांस्कृतिक कार्यक्रम सहित सञ्चालन गरिएको उक्त कार्यक्रममा नेपाली परिकार सहितको रात्रिभोजको समेत व्यवस्था गरिएको थियो । दिउंसो ४ बजेबाट शुरु भएको कार्यक्रम राति १२ बजेसम्म चलेको थियो ।
Sunday, February 21, 2016
विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै नेपाल स्वीस डटकमको छैठौं वर्षगाँठ सम्पन्न
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment