Monday, February 22, 2016

सामागाउँका बासिन्दा विरामी पर्न थाले

गोरखा, १० फागुन । उत्तरी गोरखाको सामागाउँका स्थानीयवासी झाडापखला, रुघाखोकी, ज्वरो र बान्ताले बिरामी परेका छन् ।

घरैपिच्छे बिरामीको सङ्ख्या बढ्दैजाँदा स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी छैनन् । क्यान नेपाल नामक संस्थाकी एक जना अनमीले बिरामीको उपचार सुरु गरेपनि पर्याप्त औषधि नहुँदा उपचारमा समस्या देखिएको सामागाउँका कर्मा छेवाङ लामाले जानकारी दिनुभयो

फागुन ४ गतेदेखि फैलिएको झाडापखला र ज्वरोको प्रकोपले वृद्धवृद्धा र बालबालिका थला पारेका छन् । २५ जना भन्दा बढी विद्यालय जाने उमेरका बालबालिका र ४५ जनाभन्दा बढी वृद्धवृद्धा बिरामी छन् ।
बिरामीले औषधि र स्वास्थ्यकर्मीको माग गरेपनि जिल्ला जनस्वास्थ्य कार्यालयले खटाएको स्वास्थ्यकर्मीको टोली अझै गाउँ नपुगेको उहाँले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख महेन्द्रध्वज अधिकारीले उत्तरी गोरखाको बिही गाउँको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको टोलीलाई झाडापखला प्रकोप फैलिएको सामागाउँमा खटाइएको जानकारी दिनुभयो ।

बिहीबाट एक दिन एक बिहान हिडेपछि मात्रै सामागाउँ पुगिन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts