Tuesday, February 23, 2016

आन्तरिक पर्यटनको आकर्षण बन्दै हुडिकोट हाइकिङ

पोखरा, १२ फागुन । विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेग लेखनाथ नगरपालिका वडा नं १८ स्थित हुडिकोट हाइकिङका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरिलगायतका हिमशृङ््खला तथा सेती नदी, सात तालको बगैँचा भनेर चिनिने लेखनाथ नगरपालिका र पोखरा उपमहानगर क्षेत्र एकसाथ देख्न सकिने हुडिकोट समुद्री सतहबाट एक हजार १४० मिटरको उचाइमा रहेका कारण पोखरा र यस आसपासका क्षेत्रबाट हाइकिङका लागि जाने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्ला समयमा बढ्दै गएको हो ।

उच्च पहाडी भू–भागमा रहेका कारण सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि यो ठाउँ उत्तिकै महत्वको रहेको छ ।

यहाँबाट कास्की, तनहँु, लम्जुङ, मनाङ, गोरखा, चितवन, नवलपरासी, पाल्पा, पर्वत बागलुङ, म्याग्दी, स्याङ्जा जिल्लालगायत विभिन्न स्थानको एकैसाथ अवलोकन गर्न सकिन्छ ।

विगतमा यातायातको असुविधाका कारण हुडिकोट पुग्न निकै कठिनाइ हुने गरेको भए पनि हाल पोखराको विरौटाबाट पोखरा उपमहानगरका बस सञ्चालनमा आउन थालेपछि त्यहाँ पुग्न निकै सहज भएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts