काठमाडौँ, १० फागुन । साँखुमा गत माघ १० गतेदेखि सुरुभएको स्वस्थानी व्रत तथा श्री माधवनारायणको मेला आज सम्पन्न भएको छ ।
श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिको संयोजनमा विधि विधानपूर्वक अश्वमेघ यज्ञ तथा व्रत गरिरहेका व्रतालुलाई पूजा गराई मेला समापन गरिएको हो ।
यज्ञका लागि अघिल्लो दिन ३३ कोटी देवतालाई निमन्त्रणा गरी स्थानीय तारा तीर्थ, शालीनदी, पञ्चमहालक्ष्मी तीर्थलगायत स्थानबाट जल ल्याई पूजा तथा होम गर्ने प्रचलन रही आएको समितिका पूर्वअध्यक्ष जयराम श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी त्यहाँ व्रत बसेका २२८ व्रतालुले १०८ बेलपत्र तथा जौ, तीललगायतका सामग्री सङ्कलन गरी पूजा समापन गरेका हुन् । मेला अवधिभर २० लाख भक्तजनले मेला भरेका उहाँले जानकारी दिनुभयो रासस
Monday, February 22, 2016
स्वस्थानी व्रत सम्पन्न
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment