Friday, February 26, 2016

हालको वन ऐन अपर्याप्त वनमन्त्री

सल्यान, १४ फागुन । वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले जनताले सहज रुपमा वनजन्य स्रोतको प्रयोगका लागि अहिलेको वन ऐन पर्याप्त नभएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ सल्यानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री सापकोटाले अहिलेको वन ऐन कानुनले बेइमानलाई छुँदैन तर सर्वसाधारणलाई अप्ठ्यारो परेको छ, यसलाई सहज बनाउनका लागि पहल गरेको छु भन्नुभयो । “सहजरुपमा समुदायलाई वनजन्य स्रोतको प्रयोग गर्न सक्ने र तस्करलाई कानुनी कठघरामा उभ्याउने गरी ऐन संशोधनको तयारी भइरहेको छ ”, उहाँले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts