काठमाडौं, २४ माघ । नेपाल क्यानोनिङ एसोसियसनले अग्ला झरनामा डोरी टाँगेर खेलिने साहसिक खेल क्यानोनिङ खेल (छाँगावरोहण ) महोत्सव गर्ने भएको छ ।
विशेषतः अमेरिका र फ्रान्ससहितका युरोपेली मुलुकका पर्यटकले बढी रुचि राख्ने यो खेलप्रति स्वेदशी युवालाई आकर्षण गर्न र पर्यटन प्रवद्र्धन गर्न महोत्सव गर्न लागिएको हो । महोत्सवमा एकसय भन्दा बढी नेपाली युवा सहभागी हुने एसोसियसनका नवनिर्वाचित अध्यक्ष राजेन्द्रबहादुृर लामाले बताउनुभयो ।
“विदेशीलाई मात्र नभएर स्वदेशीलाई पनि यो खेलप्रति रुचि बढाउँदै पर्यटन प्रवद्र्धन गर्न महोत्सव गर्ने तयारी गरिएको हो,” अध्यक्ष लामाले भन्नुभयो ।
हाल कास्कीको ल्वाङघलेलमा एक, नुवाकोटको ककनीमा दुई, काठमाडौँको सुन्दरीजलमा एक र सिन्धुपाल्चोकको भोटेकोसीका पाँच झरना व्यावसायिक क्यानोनिङ खेल क्षेत्रका रुपमा विकसित भइसकेको छ ।
लमजुङ र काभ्रेसहितका सो क्षेत्रका कुल १९ झरना क्यानोनिङ खेलका लागि पहिचान गरिएको एसोसियसनले जनाएको छ । यो खेलका लागि विश्वको सबैभन्दा उचाइमा रहेको झरना पाँच हजार २१५ मिटरको मनाङस्थित नार फुमा हो ।
हालै सम्पन्न साधारण सभाबाट एसोसियसनको अध्यक्षमा राजेन्द्र लामा, उपाध्यक्षमा किशोर शाही, महासचिवमा देवेन्द्रबाबु तिवारी, सचिवमा राजेश लामा तामाङ, कोषाध्यक्षमा क्षेत्रबहादुर बस्नेत तथा सदस्यमा अनु श्रेष्ठ, राजु लामा र सन्तोष थापा मगर निर्वाचित हुनुभएको छ । रासस
Sunday, February 7, 2016
‘क्यानोनिङ’ महोत्सव हुने
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment