Monday, February 22, 2016

तीन महिनामा टुङ्गो लाग्छ – कावा प्रम गच्छदार

विराटनगर, १० फागुन । कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले उच्चस्तरीय राजनीतिक समितिले तीन महिनाभित्र सीमाङ्कनको टुङ्गो लगाउने जानकारी दिनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले मधेसी मोर्चाको चित्त बुझ्नेगरी सीमाङ्कनको टुङ्गो लगाइने वताउनुभयो ।

मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष समेत रहनुभएको गच्छदारले राजनितिक विवादका कारण मुलुकलाई अलमल्याउन नहुने चर्चा गर्दै सीमाङ्कनको समस्या छिटो समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
नयाँ संविधानमा भएको दुईवटा महत्वपूर्ण संशोधनसँगै सबै जातजातिको अपनत्व रहेको उहाँले चर्चा गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts