Wednesday, February 24, 2016

सुरक्षागार्डलाई आक्रमण गर्ने दुईजना पक्राउ

वीरगन्ज, १२ फागुन । सञ्चार गृृहमा कार्यरत सुरक्षागार्डलाई आक्रमण गरेर घाइते बनाएको आरोपमा प्रहरीले यहाँ दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार पक्राउ पर्नेमा वीरगन्ज उपमहानगरपालिका–१४ रानीघाटका बलबहादुर थापा र श्यामबाबु साह रहेका छन् ।

वीरगन्ज उपमहानगरपालिका–१४ श्रीपुरस्थित नारायणी एफएम रेडियोको सुरक्षार्थ खटिएका सुरक्षागार्ड वृजमोहन यादवमाथि यही फागुन ९ गते राति १ बजे धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा ती दुबैजनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेका दुबै जनाबाट तीन थान मोबाइल सेट र एक थान धारिलो हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका ती मोबाइल सेटमध्ये एक थान मोबाइल सेट सुरक्षागार्ड यादवको रहेको पनि जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसैगरी, अवैध रुपमा नेपाल भित्र्याउन लागेको करिब रु पाँच लाख मूल्य बराबरका कपडा वीरगन्ज उपमहानगरपालिका–१ छपकैयाबाट गएराति प्रहरीले बरामद गरेको छ ।

बरामद गरिएको कपडामा साडी र कुर्तासुरुवाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गस्तीमा रहेका प्रहरी टोलीलाई देख्नासाथ कपडा तस्करीमा संलग्न हुनेहरु कपडा छोडेर फरार भएको बताइएको छ । बरामद गरिएको कपडा बीरगन्ज भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts