भक्तपुर, १४ फागुन । भक्तपुरको मध्यपुर थिमिस्थित महानगरीय प्रहरी वृत्तको अत्याधुनिक र सुविधा सम्पन्न भवनको आज उद्घाटन गरिएको छ ।
निर्माण सम्पन्न भएको एक वर्षपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भवनको उद्घाटन गर्नुभएको हो । उपत्यकामै सबैभन्दा अत्याधुनिक र सुविधा सम्पन्न तीनतले २२ कोठे सो भवन तत्कालीन प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीका पालामा निर्माण सम्पन्न भएको थियो ।
रु तीन करोड १५ लाखमा निर्माण सम्पन्न भएको सो भवनमा वैशाखदेखि नियमित काम हँुदै आए पनि उद्घाटन भने आजमात्रै भएको हो ।
कार्यक्रममा महानिरीक्षक अर्यालले भवनमा बसेर जनताको सेवा दिने प्रहरी कर्मचारीले उच्चस्तरीय सेवा दिन सकेमात्र भवन निर्माणको सार्थकता हुने बताउनुभयो ।
उहाँले नागरिकको सहयोगबिना प्रहरी कुहिरोमा हराएको काग जस्तै हुने बताउँदै नागरिकको साथ र सहयोग लिएर उनीहरुकै चाहनाबमोजिम काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीÔक किरण बज्राचार्यले १९ जना थुनुवा राख्न मिल्ने सो भवन महिला मैत्री र अपाङ्ग मैत्री भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले स्थानीय निकायको निर्वाचन नभएको लामो समय भएको अहिलेको अवस्थामा प्रहरीले सरकारको प्रतिनिधिका रुपमा जनताको काम गर्नुपर्ने आँैल्याउनुभयो । रासस
No comments:
Post a Comment